ऋण असुली न्यायाधिकरण

सूची दर्ता सम्बन्धी सूचना

प्रकाशन मिति २०७९।०४।०१

यस न्यायाधिकरणको आ.व.२०७९/०७० को लागि तपसिलमा उल्लिखित सामान तथा सेवाहरु आपूर्ति गर्नुपर्ने भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६क तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को प्रयोजनको लागि सम्बन्धित कार्य गर्न पाउने इजाजत प्राप्‍त इच्छुक व्यक्ति, फर्म, तथा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र ) दिनभित्र तपसिलमा उल्लेखित कुन कामको लागि सूचीकृत हुन चाहेको हो, सो को स्पष्टरुपमा उल्लेख गरी सम्बन्धित फर्म, संस्था वा कम्पनीलको दर्ता प्रमाणपत्र, मुल्यअभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु समेत संगल्ग गरी यस न्यायाधिकरणमा निवेदन पेश गर्नुहुन मिति २०७९।०३।३१ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।

१. स्टेशनरी, मसलन्द तथा कार्यालय संचालन सम्बन्धी मालसामानको आपूर्ती

२. छपाई सम्बन्धी कार्य

३. सवारी साधन खरिद तथा मर्मत कार्य

४. फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी कार्य

५. मेशिनरी, कम्प्युटर, प्रिन्टर, फ्याक्स तथा विद्युतीय सामाग्रीहरु सप्लाई, रिफिलिङ्ग तथा मर्मत सम्बन्धी कार्य

६. पिउने पानी आपूर्ति सम्बन्धी कार्य

७. सूचना प्रकाशन सम्बन्धी कार्य

८. धित/सम्पत्ति मूल्याङ्कन कार्य

९. अन्य आवश्यक फुटकर सामान तथा सेवाहरु

=>>सूची दर्ता सम्बन्धी

– प्रशासन, ऋण असुली न्यायाधिकरण