आ.व. २०७६/०७७ का अन्य उपलब्धिहरु

आर्थिक वर्ष २०७६/०७७ देखि वार्षिक कार्ययोजना वनाई लागू गरिएको थियो। वार्षिक कार्ययोजना लागू भएपछि देहायका महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन्। हासिल भएका उपलब्धिहरु देहाय बमोजिम छन्:

  • अर्थ मन्त्रालय र सर्वोच्च अदालतसंग समन्वय गरी मुद्दा व्यवस्थापन गर्ने सफ्टवेयर सिस्टम लागू गरिएको छ।
  • तामेलीमा रहेको समस्यालाई न्यूनीकरण गर्न र तामेलदारलाई प्रोत्साहन गर्न मोटरसाईकलको सुविधा दिइएको छ।
  • बैक तथा वित्तीय संस्थाहरुको शाखा प्रवन्धकहरुसंग न्यायाधिकरणले अन्तरक्रिया कार्यक्रम आयोजना गर्दा अध्यक्ष र सदस्यद्वयको समेत प्रत्यक्ष सहभागिता रहने गरेकोले सरोकारवाला सबैले उच्च मूल्याङ्कन गरेको पृष्ठपोषण प्राप्त भएको छ।
  • न्यायाधिकरण व्यवस्थापनमा प्रभावकारिता हासिल गरिएको छ।
  • मुद्दा व्यवस्थापनमा प्रभावकारिता ल्याईएको छ।
  • निर्णय कार्यान्वयनमा प्रभावकारिता ल्याईएको छ।
  • दायरी शाखामा थप भौतिक व्यवस्थापन गरी काउन्टरबाट सेवा प्रवाह गरिएको छ।
  • मुद्दाका पक्षहरुलाई आफ्नो मुद्दाको स्थितिको जानकारी लिन सहज होस् भन्ने हेतुले ह्वाइट बोर्ड मार्फत सूचना सम्प्रेषण गरिएको छ। सोधपुछ कक्ष संचालन गरी सेवाग्राहीलाई आवश्यक सहयोग पुर्‍याउँदै आईएको छ।
  • न्यायाधिकरण परिसर र इजलासमा पालन गर्नुपर्ने नियमहरु, न्यायाधिकरणबाट उपलब्ध सेवाहरु र अन्य आवश्यक सूचनाहरु पारदर्शीरूपमा सबैको पहुँचमा रहेको छ। v      सेवाग्राहीहरुलाई न्यायाधिकरणको सामान्य परिचय सहित यस न्यायाधिकरणको वार्षिक योजना लागू गर्न अपनाइएका कार्य पद्दति, न्यायाधिकरणको कार्य प्रणाली‚ जनशक्ति र अन्य गतिविधिहरुको जानकारी गराउने उद्देश्यले न्यायाधिकरणको ब्रोसियर प्रकाशन गरिएको छ।