ऋण असुली न्यायाधिकरण

सूची दर्ता सम्बन्धी सूचना

प्रकाशन मिति २०८०।०४।०१

यस न्यायाधिकरणमा चालु आ.व. २०८०/०८१ को लागि तपसिल बमोजिमका सामान तथा सेवाहरु आपूर्ति गर्नुपर्ने भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६क तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को प्रयोजनको लागि सम्बन्धित कार्य गर्न पाउने इजाजतपत्र प्राप्त इच्छुक व्यक्ति, फर्म तथा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तपसिलमा उल्लेखित कुन कामको लागि सूचीकृत हुन चाहेको हो, सोको स्पष्टरुपमा उल्लेख गरी सम्बन्धित फर्म, संस्था वा कम्पनीको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु समेत संलग्न गरी यस न्यायाधिकरणमा निवेदन पेश गर्नुहुन मिति २०८०।०४।०१ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ।

तपसिल

  • स्टेशनरी, मसलन्द तथा कार्यालय संचालनसम्बन्धी मालसामानको आपूर्ति।
  • छपाईसम्बन्धी कार्य।
  • सवारी साधन खरिद तथा मर्मत कार्य।
  • फर्निचर तथा फर्निसिङ्गसम्बन्धी कार्य।
  • मेशिनरी, कम्प्यूटर, प्रिन्टर, फ्याक्स तथा विद्युतीय सामाग्रीहरु सप्लाई, रिफिलिङ्ग तथा मर्मतसम्बन्धी कार्य।
  • पिउने पानी आपूर्तिसम्बन्धी कार्य।
  • धितो/सम्पत्ति मूल्याङ्कनसम्बन्धी कार्य।
  • अन्य आवश्यक फुटकर सामान तथा सेवाहरु।

नोटः

१.    सूची दर्ता गराउने अन्तिम दिन सार्वजनिक विदा परेमा भोली पल्ट कार्यालय खुलेको समयमा गराउन सकिनेछ।

=>> सूची दर्ता सम्बन्धी

– प्रशासन, ऋण असुली न्यायाधिकरण