बैंक तथा वित्तीय संस्थाको विकास क्रमसंगसंगै नेपाल सरकारले सन् १९८० मा वित्तीय क्षेत्रको सुधार गर्ने आर्थिक नीतिहरु परिवर्तन गर्दै विश्वव्यापीकरण उदारीकरण, निजीकरणको माध्यमबाट वित्तीय क्षेत्र सुधार गरी स्वस्थ, प्रतिस्पर्धी र पारदर्शी वित्तीय संस्थाहरु स्थापना गर्ने उद्देश्य राखे अनुरुप बैंक तथा वित्तीय संस्थाहरुको स्थापना भएका छन् आ.व.०७२।७३ आषाढसम्म बैंक तथा वित्तीय संस्थाको संख्यात्मरुपमा वाणिज्य बैंकहरु २८ र यसका शाखाहरु १८६९ रहेकोमा विकास बैंक ६७ रहेकोमा शाखाहरु ८५२, वित्त कम्पनी ४२ रहेकोमा शाखाहरु १७५, लघुवित्त ४२ रहेकोमा शाखाहरु १३७५ गरी कूल जम्मा बैंक तथा वित्तीय संस्था १७९ रहेका छन् भने ४२७२ शाखाहरुले नेपाल अधिराज्यभर सेवा पुर्‍याउदै आएका
छन् ।त्यस्तै आ.व.०७३।७४ सम्म वाणिज्य बैंक २८ रहेकोमा यसका शाखाहरु २११९, विकास बैंक ४४ रहेकोमा शाखाहरु ८०५, वित्त कम्पनी ३० रहेकोमा शाखाहरु १४८, लघुवित्त तर्फ ५१ रहेकोमा शाखाहरु १८२५ गरी कूल जम्मा बैंक तथा वित्तीय संस्थाहरु १५३ देखिएको छ भने ४८१४ शाखाहरुले देशको विभिन्न भागमा सेवा गरिरहेका छन्। बैंकहरुको शाखाहरु बढ्दै गएतापनि देशमा देखिएको सशस्त्र द्वन्दले मुलुकको आर्थिक विकासमा केही संकुचन ल्याई बैंक तथा वित्तीय संस्थाको कारोवारमा वृद्वी गर्ने, मर्जर र एक्किजेसन गरी वित्तीय स्वस्थता कायम गर्न आ.व.०७२/०७३ को तुलनामा आ.व.०७३/७४ बैंक तथा वित्तीय संस्थाको सख्यात्मक रुपमा घटेता पनि शाखागत विस्तार भएकोले वित्तीय पहुँचमा बृद्धि नै भएको देखिन्छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको आ.व. ०७२।०७३ मा कूल निक्षेप करिब १८७० अरब रहेकोमा ०७३/७४ मा करिब २१५० अरब रहेको छ भने कर्जातर्फ ०७२/७३ मा १४४० अरब रहेकोमा आ.व.०७३/०७४ सम्म १७५० अरब रहेको छ। आ.व.०७३/७४ सम्म तुलना गर्दा निक्षेपमा १५% र कर्जाको वृद्धिदर २१% सम्म रहेको देखिन्छ भने कूल बैंकिङ्ग सम्पत्तिलाई हेर्दा कूल ग्राहस्थ उत्पादन भन्दा बढी हुन गएको छ।त्यस्तै बैंक तथा वित्तीय संस्थाको आ.व.०७१/७२ मा औषत व्याजदर ४.७९% रहेकोमा ०७२/७३ मा ५.०४%, वेस रेट ०७१/७२ मा ७.६९ रहेकोमा ०७२/७३ मा ६.२७ रहेको, उत्पादनमूलक कर्जा १५.७% बाट १६.८% भएको निक्रिय कर्जा ०७१।७२ मा ३.४% बाट ०७२७३ मा २.७५%, कर्जा र निक्षेप अनुपात ०७१/०७२ मा ७४.२% बाट ७६.३% पुगेको देखिन्छ। साथै उक्त अवधिमा बैंकहरुको चुक्ता पूँजी बढाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सार्वजनिक गरेपश्चात् आ.व.०७२/७३ सम्म १९२२ अरब पुगेको देखिन्छ।
यसरी तथ्याङ्कीय हिसाबबाट हेर्दा व्याजदरमा बढ्दै गएको उत्पादनमूलक कर्जाको लगानी बढेको निश्चिय कर्जाको प्रतिशत घटेको, कर्जा निषेप अनुपात बढेकोमा चुक्ता पूँजी बढाएको कारणले लगानी बढाउनु बैंकहरुको वाध्यात्मक अवस्था भएको देखिन्छ। विगत वर्षहरुको प्रगतिलाई हेर्दा बैंकहरुको संख्या घटेतापनि शाखाहरु नघटेको, निक्षेप/कर्जा बढेको निश्क्रिय कर्जाको प्रतिशत घट्नुले ऋणको गुणात्मक पक्षमा सुधार भएको नै देखिन्छ।बैंक तथा वित्तीय संस्थाको पहुचलाई हेर्दा आ.व. २०७२/७३ मा निक्षेप तर्फको खाता १.६६ करोड छ भने ०७३/७४ मा १.८८ करोड पुगेको देखिन्छ। त्यस्तै कर्जातर्फ ०७२।०७३ मा करिब ११ लाख कर्जा संख्या रहेकोमा ०७२/०७३ मा करिब ११.८३ लाख पुगेको देखिन्छ। आधुनिक बैकिङ्ग पद्दतीबाट हेर्दा बैंकहरुले ATM मार्फत आफ्नो खाताबाट रकम झिक्न सकिने व्यवस्था छ भने ATM सेवा लिने ५१.८ लाख र क्रेडित कार्ड लिने ६४ हजार रहेको देखिन्छ । मोबाइल बैकिङ्ग ग्राहक संख्या २४ लाख २७ हजार, इन्टरनेट बैकिङ्ग ग्राहकहरु ७ लाख ३५ हजार रहेको छ ।